Wq/ne/सृष्टी श्रेष्ठ
Appearance

सृष्टी श्रेष्ठ (जन्म: १८ अक्टोबर १९८८) एक नेपाली अभिनेत्री, मोडल र सौन्दर्य प्रतियोगिताको उपाधि विजेता हुन्, जसले मिस नेपाल २०१२ प्रतियोगिता जितेकी थिइन्।
कथनहरू
[edit | edit source]- सहरमा सबैको सपना अठिएको हुन्छ, जहाँ मानिसले हरेक प्रकारका सेवा सुविधा पाउँछन्। सुविधायुक्त र अवसर हुने भएकोले पनि सहरलाई धेरैले सपना पूरा गर्ने थलो सम्झेका हुन्छन्। गाउँमा जन्मेका मानिस आफ्ना सपना पूरा गर्न सहरमै पुग्ने गर्छन्। मैले पनि आफ्नो खास सपना सहरबाटै पूरा गरेकी हुँ। हरियाली सहरको प्रतीक हो भने सुविधा सहरको विशेषता हो। अर्को कुरा, सहर प्रदूषणमुक्त र हेर्दै रमाइलो लाग्ने हुनुपर्छ। तर, अहिले जे मनपर्दैन, काठमाडौंवासीले त्यही भोगिरहेका छन्। जताततै प्रदूषण र फोहोर छ। यसलाई सरकारले सक्दो छिटो समाधान गर्नुपर्छ।
- "सहरवासी सहनशील लाग्छ : सृष्टी श्रेष्ठ", नागरिक, २७ कार्तिक २०७४।
बाह्य कडीहरू
[edit | edit source]| विकिपिडियामा सृष्टी श्रेष्ठको बारेमा एक लेख छ। |