Jump to content

Wq/ne/सुशीला कार्की

From Wikimedia Incubator
< Wq | ne
Wq > ne > सुशीला कार्की
विसं २०७८ मा कार्की

सुशीला कार्की (जन्म: २००९ जेठ २५) नेपालकी वर्तमान प्रधानमन्त्री तथा सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश हुन्। उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला प्रधानमन्त्री पनि हुन्। न्यायपालिकामा भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताका लागि परिचित कार्की २०७३ असाढ २७ देखि २०७४ जेठ २४ सम्म नेपालको प्रधानन्यायाधीश थिइन्।

कथनहरू

[edit | edit source]
  • महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा हुँदैन। महिला न्यायाधीशमा क्षमता हुनुपर्छ। साहस हुनैपर्छ। अध्ययन त दिनरात गर्नैपर्छ। हामीले कर्म गर्ने हो, फलको आशा गर्नु हुँदैन। कृष्ण भगवानले पनि कर्म गर, फलको आशा नगर भन्नुभएको छ। मलाई अहिले के महसुस भएको छ भने हामीले काम गर्ने हो पछाडि के भन्छन् भनेर सरोकार राख्नु हुँदैन। यो यस्तो क्षेत्र हो अदालतमा १० हजार मुद्दा छ भने २० हजार मानिस हुन्छ। १० हजारले जित्छ, १० हजारले हार्छ। हार्ने १० हजारले कहिल्यै जस दिँदैन अदालतलाई। त्यसैले मैले काम गरेँ तर किन जस दिएन भनेर सोच्दै नसोच्नुस्। आफ्नो क्षमताले भ्याएसम्म काम गर्नुस्।

बाह्य कडीहरू

[edit | edit source]