Jump to content

Wq/ne/सानु शर्मा

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > सानु शर्मा
अङ्ग्रेजी भाषामा अनूदित उनको एउटा कथनसहित सानु शर्मा

सानु शर्मा नेपाली भाषाकी कथाकार, उपन्यासकार तथा कवि हुन् । आफ्नो विशिष्ट लेखनका माध्यमबाट नेपाली साहित्यमा स्पष्ट उपस्थितिसहित सिर्जनारत शर्माका कथा तथा उपन्यासका अनेक पुस्तक प्रकाशित रहेका छन् ।

कथनहरू

[edit | edit source]

कृतिहरूबाट

[edit | edit source]

उपन्यासहरूबाट

[edit | edit source]
  • हिम्मत कहिल्यै पनि मान्छेको साथमा जन्मदैन । यसलाई त समय र परिस्थितिले मानिसभित्र जन्माइदिन्छ ।
    • ती सात दिन


  • एजुकेसन जरुरी हुन्छ मलाई थाहा छ । तर संस्कार बिनाको एजुकेसन र फूल बिनाको भास उस्तै हुन्छ । भास जति महङ्गो र सुन्दर भए पनि फूल बिना त्यसको महत्व हुँदैन, अर्थ हुँदैन । त्यस्तै, संस्कार बिनाको शिक्षाले मानिसलाई शिक्षित त बनाउला तर सबल र सम्पूर्ण बनाउन सक्दैन । संस्कार घरका बुज्रुग र ठूलाहरूले सिकाउॅछन्, डेलिगेट गर्छन् । तर आदरणीयहरूमै संस्कार छैन भने तिनले सानालाई के सिकाउॅछन्, के डेलिगेट गर्छन् ? आशा छ यो सत्य तिमीहरूले कहिल्यै बिर्सने छैनौ ।
    • ती सात दिन


  • छहारी जति नै शीतल भए पनि त्यहाँबाट बाहिर निस्कनै पर्छ । किनभने यसरी छहारीमै बसिरहे आफ्नो छायाले पनि साथ छोडिदिन्छ ।
    • फरक


  • केवल महसूस गर्नुमा हुन्छ माया । दु:खमा, सुखमा अडिग भएर साथ रहनुमै हुन्छ माया । विश्वास गर्नुमा भन्दा विश्वास जोगाउनुमै हुन्छ माया । धम्की दिएर, दवाव दिएर होइन, मन जितेर लिनुमा हुन्छ माया ।
    • उत्सर्ग


  • मायाको जगमा दह्रो विश्वास बाँधिएन भने ओत लाग्ने घर बन्नै सक्दैन । अनि भिजेर जीवन काटिँदैन, चाहे त्यो बर्षात्‌मा होस् या आँसुमा ।
    • उत्सर्ग


  • घरको छानो जति नै चुहिने भए पनि यसले रुखले भन्दा बढी ओत दिन्छ ।
    • उत्सर्ग


  • भिजेर जीवन काटिँदैन, चाहे त्यो बर्षात्‌मा होस् या आँसुमा ।
    • उत्सर्ग


  • म वर्षात् होइन
    बादलको आशमा छैन,
    म त त्यो मेघ हुँ
    जसको अस्तित्वबिना
    बर्षात्‌को अस्तित्व छैन ।
    • विप्लवी


  • एक पटकको बर्षात्‌ले कतिन्जेल भिजाएर राख्न सक्छ र धरतीलाई ? धरतीलाई ओसिलो र मलिलो राख्न बर्षात्‌ भई नै रहनुपर्छ । पुरुषहरू शायद यो बुझ्नै सक्दैनन् । त्यसैले त एकै सिजनमा मायाले निथ्रुक्क भिजाएर बाँकी जीवन बर्सिनै बिर्सिदिन्छन् उनीहरू । र चाहन्छन् त्यही एक सिजनको बर्षात्‌को सहारामा हामी महिलाहरू आजीवन भिजिरहौँ । कसरी सम्भव हुनसक्छ यो ?
    • विप्लवी


  • जुन पुरुष लोग्ने मात्र बन्छ, उसका बाउआमाले दुःख पाउँछन्, अनि जुन पुरुष छोरो मात्र बन्छ, उसकी स्वास्नीले दुःख पाउँछे ।
    • विप्लवी


कथाहरूबाट

[edit | edit source]
  • किनकिन मलाई आँसु भरिएका ती आँखा एकदमै परिचित झेँ लागे ।
    • भाउजु (एकादेशमा)


  • मैले चुपचाप फोन राखिदिएँ । मेरो विरोधको कुनै अर्थ थिएन ।
    • उऋण (एकादेशमा)


  • कामना गरिरा'छु - बाटोमा फेरि कोही यस्तो नभेटियोस्, जसलाई मेरो 'म' बाहेक मसँग जोडिएका बाँकी अरू सबै कुराप्रति चासो होस् ।
    • म (एकादेशमा)


  • मरेपछि पिण्ड दिने छोराभन्दा जिउँदै हुँदा सम्मान दिने छोरी कता हो कता असल हुन्छन् ।
    • छोरी (एकादेशमा)


  • एकपटक लडेर नराम्ररी घाइते भएको, चोट खाएको मान्छे उठेर नहिँड्दासम्म उसलाई त्यो गर्नसक्छु भन्ने आत्मविश्वास हुँदैन ।
    • लकडाउन (अर्को देशमा)


  • कति बेहिस्सीको हुँदै गएको हाम्रो समाज र सम्बन्ध आजकल ? मुख नफोरेसम्म हकको प्रशंसा र स्नेह पनि नपाइने !
    • लकडाउन (अर्को देशमा)


  • घर सधैँ बाहिरकाले बिगार्दैनन्, कहिले काहीँ घरभित्रकाले झनै नराम्ररी बिगार्छन् ।
    • लकडाउन (अर्को देशमा)


  • जीवनमा गुमाएको कुराको कमी त्यति बेला मर्नेगरी अनुभूत हुनेरै’छ, जब पाएको कुराले सन्तुष्टि दिन छोड्छ ।
    • लकडाउन (अर्को देशमा)


कसैले छोडिदिँदैमा जिन्दगी सकिन्न ।

    • लकडाउन (अर्को देशमा)


जसको कुरा बुझ्ने नियत हुन्छ, उसले इशारा गरेको पनि बुझ्छ; तर जसको बुझ्ने मनसाय हुँदैन, उसले कत्तिकै जोडले चिच्याए पनि बुझ्दैन, सुन्दैन ।

    • लकडाउन (अर्को देशमा)


  • दाम्लोले बाँधेकाहरू चटारिन सक्छन्, दाम्लो छिनालेर भाग्न सक्छन् तर भावनाले बाँधिएकाहरू खुल्लै छोडिदिए पनि कतै जाँदैनन् ।
    • सौता (अर्को देशमा)


  • कमजोर पनि त्यतिबेला मात्रै हुन सकिने रहेछ, जब कसैले साहारा दिन्छ भन्ने विश्वास हुन्छ ।
    • ढिठ


  • मनले नमानिकन गरेको कुराले कसैको भलो हुँदैन । नमानिदिँदा बरु एकपटक दु:ख्छ, एकैछिन दु:ख्छ; तर अर्काको मन राख्नको लागि कुनै कुरा मानिदिँदा सधैँभरि दु:ख्छ, सबैलाई दु:ख्छ !
    • जिग्री


  • एउटा ‘नाईँ’को तोड झेल्न नसकेर वर्षौंवर्षदेखिको सम्बन्धलाई धुजाधुजा बनाउन, नङ्याउन लागिपर्नेले भोलि सम्बन्ध प्रगाढ़ भएपछि अनेकौँ ‘नाईँ’ सुनेर कसरी रियाक्ट गर्लान ? केवल एउटा ‘नाईँ’ले बिगार्ने सम्बन्ध बनाइराख्ने कायल रहिनँ अब म ।
    • जिग्री


  • सम्बन्धमा सहमति र विमतिको बराबरको हक भएन भने त्यो सम्बन्ध कतै पनि पुग्दैन, र म यो कतै नपुग्ने सम्बन्धमा बाँधिन चाहन्नँ ।
    • जिग्री


  • जिन्दगीले आफ्नो र ‘आफ्नो जस्ता’बीचको फरक यस्तरी उदाङ्ग पारेर देखाइदिएको थियो, अब मलाई लाग्दै लाग्थेन म कुनै पनि सम्बन्धको परीक्षामा पास हुनेछु भनेर ।
    • जिग्री


  • हो रहेछ, परिवार नरहे अनाथ भइन्छ, तर साथी नरहे एक्लो भइने रहेछ !
    • जिग्री


  • म सम्बन्धको परीक्षामा फेल हुन चाहन्थिनँ, तर सम्बन्धलाई आफ्नो सुविधाको तराजुमा जोखेर मनमुताविकको रिजल्ट निकाल्नेहरूले लगातार फेल बानाइरहेका थिए मलाई !
    • जिग्री


  • जब सम्बन्धमा विश्वास र आस्था जोडिन्छ, तब आँखा खुल्लै राख्नै सकिँदैन । आँखा खुल्लै राखे पनि केही गलत देखिँदैन । जब देखिन थाल्छ, तब सम्बन्धमा केही बाँकी बचेको हुँदैन ।
    • जिग्री


अन्य

[edit | edit source]
  • कस्ता दिन आए हामी नेपालीहरूका ! नराम्रा, नकारात्मक कुराहरू सुन्ने बानी यस्तो परिसकेछ कि आक्कल झुक्कल एउटा दुईटा राम्रा खवर सुनिगइयो भने पनि विश्वास गर्नै गाह्रो । 'साँच्चै हो र ?' 'सही हो र ?' भनेर सोधखोज गर्दै हिड्नुपर्ने !


  • मन्दिर र घर ढले भने फेरि बन्छन्, ठडिन्छन्; तर मान्छेको इमेज, इज्जत मनबाट, आँखाबाट ढल्यो भने कहिल्यै उठ्दैन । ठडिँदैन ।



वाह्य लिङ्कहरू

[edit | edit source]