Wq/ne/पाब्लो पिकासो

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > पाब्लो पिकासो

पाब्लो रुइज वाई पिकासो उनी पाब्लो पिकासोको नामले धेरै चिनिन्छन् (जन्म: २५ अक्टोबर १८८१ – ८ अप्रिल १९७३), एउटा स्पेनी पेन्टर, मूर्तिकार, डिजाइनर, कवि तथा नाटकलेखक थिए जसले आफ्नो जीवनको वयस्क समय फ्रान्समा बिताएका थिए । उनी बिसौ शताब्दीका सबैभन्दा चर्चित, विवादास्पद र समृद्ध कलाकार थिए । उनले आफ्नो तीक्ष्ण रेखाहरुको प्रयोग गरेर घनवाद अभियानलाई जन्म दिएका थिए । पिकासोको कलाकृतिहरू मानव कल्पनाको जीवित दश्तावेज हुन् ।

कथन[edit | edit source]

  • कर्म सफलताको मूल हो ।
  • हर बालक एक कलाकार हो । समस्या हो कि वयस्क भए पछि पनि कसरी कलाकार बनी रहन्छ ।
  • योजनालाई काममा परिणत गर्नु नै सफलताको आधार हो ।
  • योजनाको गाडीमा हाम्रा लक्ष्यहरु राखेर परिश्रमले उक्त गाडी डोहोर्याउनु नै सफलता तर्फ उन्मुख हुनु हो ।
  • सफलता खतरनाक हुन्छ । यदि मानिस सफल हुन्छ भने , उसले आफैले आफ्नै नक्कल गर्न थाल्छ । र, अरुको नक्कल गर्नुभन्दा खतरा आफ्नै नक्कल गर्नु हो ।
  • तिमीले जुन कुरा कल्पना गर्न सक्छौ, त्यो साँचो हुन्छ ।
  • हामी बूढो हुँदैनौ, हामी परिपक्क हुँदै जान्छौं ।
  • मैले जुन काम गर्न जान्दिन त्यो काम गर्न अगाडी सर्छु । जसले गर्दा, मैले त्यो काम गर्न सिक्छु ।
  • प्रत्येक बच्चा कलाकार हो । फरक यसमा पर्छ की, ऊ ठूलो हुँदै जाँदा वरिपरिको वातावरण अनुसार आफूलाई कस्तो राख्न सक्छ।
  • बिगार्नुबाट नै कुनै पनि कुराको सृजनाको सुरुवात हुन्छ ।
  • प्रेरणा भन्ने शब्दले हामीलाई काम गरिरहेको भेट्नुपर्छ ।
  • जीवनलाई ताजा बनाइराख्ने चिज भनेको नै माया हो ।

स्रोत[edit | edit source]