Wq/ne/नेल्सन मन्डेला

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > नेल्सन मन्डेला

नेल्सन मंडेला (१८ जुलाई १९१८-५ डिसेम्बर २०१३) दक्षिण अफ्रिका का प्रथम राष्ट्रपति हुन् । उनी दक्षिण अफ्रिकाको पूर्वी समुन्द्री किनारमा अवस्थित ट्रान्स्के क्षेत्रमा राज गर्ने थेम्बु वंशको राजपरिवारसँग सम्बन्ध राख्ने व्यक्तित्त्व थिए । उम्टाटा जिल्लाको म्वेजो नामक एउटा सानो गाउँमा उनी जन्मेका थिए । उनकी आमा खोइसान परिवारकी छोरी थिइन् । उनका घरका बुढाहजुर’बा ङुबेङ्कुकाले ईन्कोशी एन्खुलु अर्थात थेम्बु जनताका राजाका रुपमा शासन गरेका थिए । जसका एक छोराको नाम मण्डेला थियो, जो नेल्सनका हजुर’बा थिए । उनकै नामबाट नेल्सनको पारिवारिक नाम मण्डेला रहन गयो

कथनहरू[edit | edit source]

  • मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डर माथी विजय पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउदैन, बहादुर त त्यो हो जो डरको बाबजुद अघी बढ्दछ ।
  • चाहे त्यो कालो जातीबाट भएको होस् वा गोरो जातीबाट म जातीवाद अत्यन्त घृणा गर्दछु, यो एक बर्बता हो ।
  • एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।
  • स्वतन्त्र हुनु मात्र जंजिरलाई उतार्नु होइन बल्की यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ ।
  • जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ ।
  • जब कुनै खुसियाली मनाइन्छ तब आफू पछी र दोश्रोलाई अघि राख्नु पर्दछ । जब खतराको समय आउदछ तब आफू अघि र दोश्रोलाई पछि राख्नुपर्दछ । तब मात्र जनताले तपाईको नेतृत्वको प्रशंसा गर्नेछन ।
  • शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसेल विश्व बदल्न सक्दछ ।
  • अब, सबैका लागि काम, रोटी, पानी र नुन होस् ।
  • एउटा राम्रो शिर र एउटा राम्रो हृदयले सधै विजयलाई जोडिरहेका हुन्छन् ।
  • मेरो देशमा मान्छे पहिला जेल जान्छ र पछि राष्ट्रपति बन्दछ ।

स्रोत[edit | edit source]