Wq/ne/थोमस एल्वा एडिसन

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > थोमस एल्वा एडिसन
थोमस एल्वा एडिसन

थोमस एल्वा एडिसन (अङ्ग्रेजी उच्चारण:- टमस एल्वा एडिसन) (फेब्रुअरी ११, १८४७–अक्टुबर १८, १९३१) एक महान् अमेरिकी वैज्ञानिक तथा व्यापारी थिए । उनले अनेकौ यन्त्र तथा युक्तिहरू विकसित गरे जसबाट संसार भरका मान्छेहरूको जीवनमा भारी बदलाव आयो। विद्युत बल्ब तथा फोनोग्राफ सहित यिनले हजारौ आविष्कार गरे। उनी भारी मात्रामा उत्पादनको सिद्धान्तको व्यवहारमा ल्याउने प्रथम अन्वेषकहरूमध्ये एक थिए। यसको वाहेक खोज गर्नको लागि विशाल टीमको सहारा लिने उनी प्रथम आविष्कारक थिए। त्यसैले उनिलाई प्रथम औद्धोगिक अनुसन्धान प्रयोगशाला स्थापित गरेकोको श्रेय पनि दिइन्छ।

कथन[edit | edit source]

  • हाम्रो सबैभन्दा ठुलो कमजोरी प्रयासै नगरी छाडिदिनु हो। सफलताको सबैभन्दा भरपर्दो सूत्र भनेको केवल एकपटक थप कोसिस गर्नु हो।
  • यदि असफल भयौ भने, हतास नहोउ । त्यसबाट केही सिक्ने प्रयास गर।
  • दिमाग वा टाउकोले मात्र होइन, हातको प्रयोगले पनि तिमीले सिक्नुपर्छ।
  • किताबबाट मात्र सबै कुरा सिकिदैन । पूरा विश्वबाट तिमीले ज्ञान हासिल गर्न सक्छौ।
  • मेहनतलाई प्रतिस्थापन गर्न सक्ने अर्को कुनै वस्तु छैन।
  • आविष्कारको लागि तिमीमा कल्पनाशक्ति हुनु जरुरि छ।
  • यहाँ कुनै नियम छैन,मात्र, हामी केही पूरा गर्ने प्रयासमा छौं ।
  • यहाँ धेरै मानिस असफल भएका छन् , किनभने, हार मानेर आफ्ना पाइला रोक्नु अगाडी, यदि असफल भयौ भने, हतास नहोउ । त्यसबाट केही सिक्ने प्रयास गर।
  • दिमाग वा टाउकोले मात्र होइन, हातको प्रयोगले पनि तिमीले सिक्नुपर्छ।
  • किताबबाट मात्र सबै कुरा सिकिदैन । पूरा विश्वबाट तिमीले ज्ञान हासिल गर्न सक्छौ।
  • मेहनतलाई प्रतिस्थापन गर्न सक्ने अर्को कुनै वस्तु छैन।
  • आविष्कारको लागि तिमीमा कल्पनाशक्ति हुनु जरुरि छ।
  • यहाँ कुनै नियम छैन,मात्र, हामी केही पूरा गर्ने प्रयासमा छौं ।
  • यहाँ धेरै मानिस असफल भएका छन् , किनभने, हार मानेर आफ्ना पाइला रोक्नु अगाडी, आफू सफलता नजिक पुगिसकेको कुरा उनीहरुले चाल पाएनन्।
  • मैले त्यहींबाट सुरु गरें, जहाँबटा अगाडीको अन्तिम मानिसले छोडेको थियो ।
  • बेच्न नसकिने कुरा म आविष्कार गर्न मन पराउँदिन । किनकी बेचिने कुरा तिनै हुन्, जुन प्रयोगमा आउँछन् । र, वस्तु प्रयोगमा आयो भने मात्र आविष्कार सफल बन्छ।
  • तिम्रो मूल्य, तिमीसंग के छ, त्यसमा होइन, तिमी को हौ, त्यसमा भर पर्छ। आफू सफलता नजिक पुगिसकेको कुरा उनीहरुले चाल पाएनन्।
  • मैले त्यहींबाट सुरु गरें, जहाँबटा अगाडीको अन्तिम मानिसले छोडेको थियो ।
  • बेच्न नसकिने कुरा म आविष्कार गर्न मन पराउँदिन । किनकी बेचिने कुरा तिनै हुन् , जुन प्रयोगमा आउँछन् । र, वस्तु प्रयोगमा आयो भने मात्र आविष्कार सफल बन्छ।
  • तिम्रो मूल्य, तिमीसंग के छ, त्यसमा होइन, तिमी को हौ, त्यसमा भर पर्छ।