Wq/ne/डा. योगी विकासानन्द

From Wikimedia Incubator
< Wq‎ | ne
(Redirected from Wq/ne/डा योगी विकासानन्द)
Wq > ne > डा. योगी विकासानन्द

डा.योगी विकाशानन्द युवा दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवा हुन्। उनले मनोक्रान्तिको माध्यमबाट नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गरेका छन्। उनको जन्म बि. सं. २०१८ असार २ गते भएको हो,र उनलाई क्षेत्रपाटीको गणेश मन्दिर अगाडि सालनाल सहितको नाबालक अवस्थामा बेवारिसे फेला पारिएको हो । उनी २०३९ माघ १३ जनकपुरको नराहा भनिने ठाँउमा गहिरो ध्यान लागेपछि अध्यात्मको खोजिमा भारत पसेका थिए । ६ बर्षको प्रवास पछि २०४७ सालमा नेपाल फेर्केर योग सिकाउन शुरू गरे ।

भनाईहरू[edit | edit source]

  • असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।
  • बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।
  • जसले आमा बाबुलाई प्रेम दर्शाउन सक्दैन, उसले आफ्ना छोराछोरीबाट प्रेम खोज्नु अपराध हो ।
  • भिन्नैखाले राजनेता नभएसम्म भिन्नैखाले राजनीतिको संभावना छैन ।
  • सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
  • हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छ्याइले टोक्छ ।
  • सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।
  • सबैभन्दा सस्तो औषधि हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।
  • सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।
  • अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् ।