Jump to content

Wq/ne/कन्फ्यूसियस

From Wikimedia Incubator
< Wq | ne
Wq > ne > कन्फ्यूसियस

कन्फुसियस (इ.पू.५५१-४७९) चीनका महान विचारक तथा दार्शनिक थिए। जुनबेला नेपालमा भगवान गौतम बुद्ध धर्मको बारेमा नयाँ बिचार खोजी गरिरहेका थिए त्यसैताका चीन मा पनि एक धार्मिक सुधारकको जन्म भयो जसको नाम कन्फुसियस थियो। त्यस समय चीनमा चाऊ वंश को शासन चलिरहेको थियो। चाऊ शासकहरू कमजोर भएकाले त्यसबेला चीनमा विभिन्न राज्यहरू बढेका थिए जुन आपसमा लडाई झगडा गरिरहन्थे। सदा दिनको लडाई झगडाबाट चिनियाँ जनताले ठूलो कष्ट झमेला झेल्नुपरेको थियो। यसैबेला चीनबासीलाई नैतिकताको पाठ पढाउन महात्मा कन्फुसियसको जन्म भयो।

भनाइ

[edit | edit source]
  • आफूलाई मन पर्ने काम गर्न थाल्यौ भने, तिमीलाई एक दिन पनि आफूले काम गरेजस्तो अनुभव हुँदैन।
  • जीवन सरल छ, तर हामीले नै यसलाई कठीन बनाउंदै लैजान्छौं।
  • यदि कसैले केही सिक्छ तर आफूले सोंच्दैन भने ऊ हराउँछ। र, यदि कसैले सोंच्छ तर केही सिक्न खोज्दैन भने ऊ ठूलो खतरामा हुन्छ।
  • कसैलाई घृणा गर्न सजिलो छ तर माया गर्न गाह्रो छ। किनकी राम्रो कुरा प्राप्त गर्न सधै कठीन हुन्छ।
  • यदि मैले कुनै कामको बारे सुनें भने, मैले त्यसको जानकारी पाउँछ । यदि मैले त्यो कामा देखें भने, मैले त्यो सम्झिन्छु। र, यदि मैले त्यो काम गरेँ भने मैल त्यो काम बुझ्छु।
  • हाम्रो सफलता भनेको सधै जित्नुमा हुँदैन । हाम्रो सफलता भनेको हारेर पनि फेरी प्रयास गर्नुमा हुन्छ।
  • तिमी कति ढिलो हिडिरहेको छौ, त्यो महत्त्वपूर्ण होइन, तिमी नरोकीई हिड्नु महत्त्वपूर्ण हो।
  • यदि तिमीले कुनै गल्ती गर्छौ तर त्यसलाई तिमीले सच्याउने प्रयास गर्दैनौ भने, तब मात्र तिम्रो गल्ती हुन्छ।
  • तिमीले आफूले आफैलाई सम्मान गर्न सक्यौ भने मात्र अरुले तिमीलाई सम्मान गर्छन्।
  • तिमीले कुनै पनि कुरा नसिकी किताब खोल्न सक्दैनौ।
  • उच्च विचार राख्ने व्यक्तिले आफ्नो कमजोरी खोतल्छ भने कमजोर मानसिकता भएको व्यक्तिले अरुको कमजोरी खोतल्छ।