Wq/ne/आँचल शर्मा
Appearance

आँचल शर्मा (जन्म: १८ मार्च १९९५) एक नेपाली अभिनेत्री हुन्।
कथनहरू
[edit | edit source]- मलाई फस्टटाइम नेपालकी नायिकाजस्तो फिल भयो। म आफूलाई नायिका मान्दिनँ। म कलाकार मात्र हुँ। भव्य कार्यक्रममा सहभागिता पहिलोपटक जनाएकी हुँ। अविष्मरणीय कार्यक्रम बन्न पुगेको छ।
- "आँचल भन्छिन्- पहिलोपटक नायिकाजस्तो महसुस भयो", अनलाइनखबर, २०७९ जेठ ११।
- मैले स्टारडमको चाप खुबै लिएँ तर अहिले यस्तो दबाब लिन मन लाग्दैन। अहिले दर्शक कुनै पनि कलाकारको अनुहार हेरेर हलसम्म जानुहुन्न। अहिले कथावस्तु र फिल्म नै राम्रो हुनुपर्छ। होइन भने जुन स्टार लिए पनि फिल्म चल्दैन। फिल्म नै रोचक भएको खण्डमा दर्शकले मन पराउनुभएको छ। त्यसैले मैले अहिले स्टारडमको भार बोक्न छाडेकी छु।
- "मैले स्टारडमको भार बोक्न छाडेकी छु : आँचल", अनलाइनखबर, २०८१ भदौ ११।
बाह्य कडीहरू
[edit | edit source]| विकिपिडियामा आँचल शर्माको बारेमा एक लेख छ। |