Wn/ne/राष्ट्रिय परिचय पत्रमा तेस्रोलिङ्गी पहिचान उल्लेख गर्न आग्रह

From Wikimedia Incubator
< Wn‎ | ne
Wn > ne > राष्ट्रिय परिचय पत्रमा तेस्रोलिङ्गी पहिचान उल्लेख गर्न आग्रह

काठमाडौं फागुन ७ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अब बन्न लागेको राष्ट्रिय परिचयपत्रमा समलिंगी तेश्रोलिंगीको पहिचान उल्लेख गराउन सरकारको ध्यानाकर्षण गराएको छ । यौनिक तथा लैगिंक अल्पसंख्यकको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्वसभासद् सुनिलबाबु पन्तले प्रधानमन्त्री सुशील कोइरालालाई पत्र लेखेर राष्ट्रिय परिचय पत्रमा समलिंगी, तेश्रोलिंगी यौनिक तथा लैगिक अल्पसंख्यकलाई पहिचान अनुसारको परिचय सुनिश्चित गर्न आग्रह गर्नुभएको हो । सर्वोच्च अदालतले नागरिकता, राहदानीलगायत कुनै पनि कानुनी परिचयपत्रमा यौनिक तथा लैगिक अल्पसंख्यकको पहिचान सुनिश्चित गर्न आदेश जारी गरिसकेको बताउँदै पन्तले राष्ट्रिय परिचयपत्र बनाउन सहयोग गरिरहेको एसियाली विकास बैंक तथा अरु सहयोगीलाई पनि यौनिक तथा लैगिक पहिचान सुनिश्चितताका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।