Wn/ne/तेश्रोलिंगीलाई पहिचान अनुसारको शैक्षिक प्रमाणपत्र दिइने

From Wikimedia Incubator
< Wn‎ | ne
Wn > ne > तेश्रोलिंगीलाई पहिचान अनुसारको शैक्षिक प्रमाणपत्र दिइने

काठमाडौं, वैशाख १२ – सरकारले तेश्रोलिंगीलाई उनीहरुको पहिचान अनुसारको शैक्षिक प्रमाणपत्र प्रदान गर्ने भएको छ । सरकारले पहिलो पटक तेश्रोलिंगीलाई उनीहरुको पहिचान अनुसारकै शैक्षिक प्रमाणपत्र प्रदान गर्ने घोषणा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सार्वजनिक गरेको चौथो पञ्च वर्षीय राष्ट्रिय कार्ययोजनामा तेश्रोलिंगीलाई उनीहरुको पहिचान अनुसारको शैक्षिक प्रमाणपत्र प्रदान गर्ने उल्लेख गरिएको छ । यस्तै कार्ययोजनामार्फत सरकारले तेश्रोलिंगीका नाममा नागरिकता तथा राहदानी प्रदान गर्ने र यौनिक तथा लैंगिक अल्पसङ्ख्यक विरुद्ध समाजमा रहेको भ्रम र अविश्वास हटाउने घोषणा गरेको छ । यसका लागि सरकारले महिला, बालबालिका तथा समाज कल्याण, शिक्षा मन्त्रालयलाई जिम्मेवार निकायको रुपमा र गृह, परराष्ट्र, शिक्षा मन्त्रालय र गैरसरकारी संस्थालाई सहयोगी निकायको रुपमा राखेको छ । यसका लागि निरन्तर काम गर्ने सरकारको प्रतिवद्धता छ । यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीको विषय सरकारको मानवअधिकार रायिट्रय कार्ययोजनामा समावेश भएकोमा नील हिरा समाजका संस्थापक एवं पूर्व सभासद् सुनिलबाबु पन्तले सरकारलाई धन्यवाद दिनुभएको छ । समलिंगी तेश्रोलिंगीको मातृ संस्था नील हिरा समाजले पहिचान अनुसारको नागरिकता, राहदानी र शैक्षिक प्रमाणपत्र प्रदान गर्न सरकार, राजनीतिक दल लगायतलाई दवाव दिदै आएको थियो । चौथो पञ्चवर्षिय मानवअधिकार राष्ट्रिय कार्ययोजनामा समावेश भएका यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीको विषय कार्यान्वयन हुने र अहिलेसम्म भोग्दै आएको विभेद र दुरव्यवहार अन्त्य हुने नील हिरा समाजको विश्वास रहेको समाजले बताएको छ ।